प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ
बारा । बारा प्रहरीले प्रतिबन्धित लागूऔषधसहित निजगढका दुई जनालाई सोमबार कलैयाबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागूऔषधसहित कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका वडा नम्बर ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन्।
वीरगञ्जबाट निजगढतर्फ आउँदै गरेको अवस्थामा उनीहरू सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो।
सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागूऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले बताए।
उनीहरूको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता ९६५० पिस० बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment