सुनको भाउ घट्दा चाँदीको भने स्थिर

डिसी नेपाल
१ फागुन २०८० ११:२४
116
Shares

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको भाय घटेको छ। भने चाँदीको भाउ भने स्थिर रहेको छ।

आज सुनको भाउ प्रतितोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मैगलबार छापावाल सुन प्रतितोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रतितोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *