५९४ किलो गाँजासहित चारजना पक्राउ

डिसी नेपाल
२ फागुन २०८० १७:११
40
Shares

धनकुटा। साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ९४ किलोसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महत्तो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय गयानन्द मण्डल रहेका छन्।

ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले मुलघाटदेखि विराटनगरतर्फ जाँदै गरेको को.१ ख ७३२२ नम्बरको डिजेल/पेट्रोल बोक्ने ट्यांकरलाई जाँच गर्ने क्रममा ट्यांकरको बिचको डिब्बा (केल) भित्र लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्यांकरमा सवार उनीहरूलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *