स्वरोजगार लघुवित्तको सभा २६ फागुनमा, सेयरधनीका लागि लाभांश वितरण गरिँदै

डिसी नेपाल
३ फागुन २०८० ८:५०
48
Shares

काठमाडौं, ३ फागुन। स्वरोजगार लघुवित्तको वार्षिक साधारण सभा फागुन २६ गते बस्ने भएको छ। लघुवित्तको सभामा शेयरधनीहरुलाई कुल ७।३६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।

सभामा कम्पनीले ७ प्रतिशत बोनस सेयर र कर सहित प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्नेछ। सभा प्रयोजनार्थ कम्पनीले फागुन १३ गते आइतबार बुक क्लोज गर्दैछ। तसर्थ, फागुन १० गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त तथा सभामा भाग लिन सक्नेछन्। फागुन ११ र १२ गते शुक्रबार र शनिवार परेकाले सेयर कारोबार हुँदैन।

यसैगरी, थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ।साथै, सभामा आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। सभा नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *