विदेशी मुद्राको विनिमय दर, अमेरिकन डलर १३२ रूपैयाँ बढी
काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेको छ।
जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।
आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ५३ पैसा कायम हुदाँ बिक्री दर १३३ रुपैयाँ १३ पैसामा खरिदबिक्रीको अनुमति दिइएको छ भने युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ७७ पैसा र बिक्री दर १४३ रुपैयाँ ४२ पैसा कायम गरिएको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ८९ पैसा र बिक्री दर १६७ रुपैयाँ ६४ पैसा, अष्ट्रेलियन डलर १ को खरिद दर ८६ रूपैयाँ ४८ पैसा तथा बिक्री दर ८६ रूपैयाँ ८७ पैसा र क्यानेडियन डलर १ को खरिददर ९८ रूपैयाँ ३१ पैसा तथा बिक्री दर ९८ रूपैयाँ ७६ पैसा कायम गरिएको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३४ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ३४ पैसा तथा विक्री दर ३५ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment