सुनको मूल्य बढ्यो
काठमाडौं। सुनचाँदीको मूल्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। आइतबार तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment