धरानमा प्रहरी र स्थानीयबीच झडप

डिसी नेपाल
६ फागुन २०८० १७:३०
324
Shares

सुनसरी। इलाका प्रहरी कार्यलय धरानको गेटमा धरान उपमहानगरपालिका-१९ का स्थानीयवासी र प्रहरी बिच झडप भएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेटमा डोजर लगाएर भत्काउने दुईजना पक्राउ परेपछि झडपको अवस्था निम्तिएको हो।

नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुला गर्नुपर्ने माग राख्दै आएको थियो। सोही क्रममा डोजर लगाएर भत्काउने २ जनालाई पक्राउ गरेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाइमा शनिबार दिउँसो गेट भत्काइएको थियो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर्ने माग गत भदौदेखि राख्दै आए पनि पुरा भएको थिएन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *