नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.जोशी नियुक्त

डिसी नेपाल
६ फागुन २०८० २१:१२
20
Shares

काठमाडौं। सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा जोशी वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।

परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको पदमा सरकारले डा जोशीलाई नियुक्त गरेको हो।

नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहेका डा जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत निभाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *