प्रहरी प्रभाग बलम्बुमा गोली काण्ड : इन्स्पेक्टर श्रेष्ठ परिसर तानिए, आन्तरिक छानबिन सुरु
काठमाडौं। प्रहरी प्रभाग बलम्बुका इन्स्पेक्टरले बोक्ने पेस्तोल आइतबार अचानक पड्किएपछि उनीमाथि अनुसन्धान सुरु भएको छ।
आफ्नो ड्युटी सकेर जिन्सी शाखामा हतियार बुझाउन लाग्दा पेस्तोलबाट एक राउण्ड गोली चलेको बताइएपनि उनीमाथि अनुसन्धान सुरु भएको हो।
गोली लागेर प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठका बडीगार्ड र एकजना सेवाग्राही सामान्य घाइते भएका छन् । सेवाग्राहीको खुट्टाको औँलामा चोट लागेको छ। गोली चलेपछि इन्स्पेक्टर श्रेष्ठलाई जिल्ला प्रहरी परिसर तानेर अनुसन्धान सुरु गरिएको हो ।
इन्स्पक्टर श्रेष्ठलाई आन्तरिक छानवीन शुरु गरिएको परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment