प्रजातन्त्र दिवस: नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति सरिक

डिसी नेपाल
७ फागुन २०८० १०:५०
32
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० को अवसरमा नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, मन्त्रिपरिषद् सदस्यहरू, संवैधानिक निकायका प्रमुखहरू,सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, उच्च सरकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो।

राष्ट्रपति पौडेललाई सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो। समारोहमा शान्तिको कामना गर्दै सेतो परेवा उडाइएको थियो भने नेपाली सेना, नेपाल प्रहरी तथा ससस्त्र प्रहरीका विभिन्न ब्याण्डले राष्ट्रिय गीतको धुन प्रस्तुत गरेका थिए। सो समारोहमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै एक मिनेट मौन धारणसमेत गरिएको थियो।

सोही अवसरमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले पुष्पवृष्टि, तीनवटै सुरक्षा निकायबाट आकर्षक मार्चपास, उपत्यकाभित्रका विभिन्न स्थानीय तहले आ–आफ्ना सांस्कृतिक झल्किने झाँकीसमेत प्रस्तुत गरेका थिए। समारोहलाई प्रधानमन्त्रीले सम्वोधन गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *