नगर स्वास्थ शाखा प्रमुखको हृदयघातको कारण मृत्यु

डिसी नेपाल
९ फागुन २०८० ८:१७
1.0k
Shares

रौतहट। रौतहटको देवाहि गोनाहि नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख मनोज यादवको मंगलबार राति हृदयघातको कारण मृत्यु भएको छ।

गरुडा नगरपालिका जयनगर गाउँ घरभएका ५० वर्षीय स्वास्थ शाखा प्रमुख यादवको गएराती १० बजे हृदयघातबाट आकस्मिक निधन भएको हो। आफ्नो घरमै खाना खाएर सुत्नुअघि छाती दुखेको थियो।

उपचारको लागि कतै लैजाने तयारी गरिरहेको अवस्थामा उनको निधन भएको उनका काका नेपाल विधुत प्राधिकरण मौलापुरका प्रमुख दिनेश यादवले बताएका छन्।

उनको शव घरमै रहेको तथा आजै डाहसंस्कार गरिने पीडित परिवारले जनाएको छ। उनलाई हृदय सम्बन्धी कहिले कुनै समस्या नदेखिएको प्राधिकरण प्रमुख यादवले जानकारी दिएका छन्। उनको दुई छोरा र एक जना छोरी रहेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *