खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा एकजनाको मृत्यु
भक्तपुर। भक्तपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
भक्तपुर नगरपालिका–२ कालीघाटमा खोलाको पानी खेतमा लगाउने क्रममा करेन्ट लाग्दा ६६ वर्षीय गणेशमान गोरेको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार अपरान्ह खेतमा पानी लगाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment