सडक खन्दा कैलालीको चुरेमा विस्फोट

डिसी नेपाल
९ फागुन २०८० २२:१९
68
Shares

धनगढी। कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।

भीमदत्त राजमार्ग मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

घाइते हुनेमा जेसिबी चालकसहित चुरे गाउँपालिका–३ बस्ने ४५ वर्षीय वसन्त खडायत, कञ्चनपुरका २२ वर्षीय हिरा थापा र नवीनदेव अवस्थी रहेका छन् । विस्फोट भएको वस्तुको विषयमा भने खुलेको छैन। प्रहरी घटनास्थल तिर गएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *