५२ किलो गाँजासहित धनकुटाबाट एम्बुलेन्स चालक पक्राउ

डिसी नेपाल
१२ फागुन २०८० १८:४२
68
Shares

धनकुटा। धनकुटाको सागुररिगढी गाउँपालिका–६ स्थित भेडेटार चोकबाट करिब ५२ किलोसहित लागूऔषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। मोरङ विराटनगर महानगरपालिका–८ बस्ने ४८ वर्षीय जयदेव चेललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको मे.१ च २०३२ नम्बरको मुक्तिघाट सेवा समाज हल्दिवारी झापाद्वारा सञ्चालित एम्बुलेन्सलाई जाँच गर्ने क्रममा एम्बुलेन्सको टुलबक्स राख्ने स्थानमा उक्त परिमाणको गाँजा फेला पारेको प्रहरीको भनाइ छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *