संसदमा एमालेको नाराबाजी

डिसी नेपाल
१४ फागुन २०८० १२:२९
48
Shares

काठमाडौं। एमालेसहित प्रतिपक्षी दलले सोमबार सदनमा सरकारको कडा आलोचना गरेका छन्।

विवादित मन्त्रीले राजीनामा नदिएको र उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बर्खास्त नगरेको तथा मिटरब्याजपीडित र दूग्ध किसानको समस्या समाधन नगरेको भन्दै एमालेसहित राप्रपा र रास्वपाका सांसदहरुले सरकारको कडा आलोचना गरे।

एमालेका सांसदले संसदमै नाराबाजी गरे। नाराबाजी गर्नुअघि एमाले सांसदले सभामुखको रुलिङलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाए।

एमालेसहितका प्रतिपक्षी सांसदहरुले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनाको छानबिन आयोग प्रतिवेदनमा दोषी देखाइएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहित स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको भन्दै राजीनामा वा बर्खास्त गर्न माग गरे।

एमालेका सांसदले यस विषयमा आइतबार र सोमबारमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने माग गरेका थिए । तर, जवाफ नदिएपछि सोमबार सदनमै नाराबाजी गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *