राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

डिसी नेपाल
१४ फागुन २०८० १३:५५
140
Shares

काठमाडौं। नेता राजेन्द्र महतोले लोसपा छाड्दै नयाँ अभियानको घोषणा गरेका छन्। याेसँगै महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका छन् ।

उनले अभियानमा आउन लोपसालाई पनि आह्वान गरेका छन्। बहुल राष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको नाममा बृहत् प्रशिक्षण कार्यक्रमको समेत सुरुवात गरिएको उनले जानकारी दिए।

पहिचानवादीहरु एकल आयामिक गोलचक्करमा फसेकै कारण विगत चार दशक अगाडि सुरु भएको पहिचानावादी आन्दोलन शासकीय षड्यन्त्रको शिकार भइ अधुरो रहन गएको उनले दाबी गरे।

उनले हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी उत्पीडित राष्ट्रियताहरु तथा देशमा सुशासन र समृद्धि चाहनेहरु सबै संयुक्त रुपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताए।

अहिले अभियानकोमात्रै घोषणा गरिएको र पार्टीको रुप ग्रहण नगरेको उनको भनाइ छ। महतोले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन र सोचबाट संविधान निर्माण र राज्यको संचालन भइरहेको कारणले नेपाल सवै नेपालीको लागि बन्न नसकेको तर्क गरे।

उनले भने, ‘नेपाली समाजको सत्वसँग मेल नखाने यिनीहरुको वैचारिकी धराशयी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र हो, सोतर्फ नेपालको राजनीतिक स्वभाविक रुपले अगाडि बढ्छ नै। तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलार्य मुक्ति दिलाई देशका सबै वर्ग, समूदाय, धर्म,जातजाति, क्षेत्र, लिङका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, समृद्धि तथा सामाजिक न्याय प्रदान गर्नको लागि विगतमा जस्तै मधेशी, आदिवासी, जनजाति, थारु, दलित, मुस्लिम, पिछडा वर्गलगायत सबै एकमत भई मिलेर जुटौं र आफ्नो सत्ता हाँसिल गरौं भनेर राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.