लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर छ : अर्थमन्त्री

डिसी नेपाल
१४ फागुन २०८० १६:४५
16
Shares

काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका छन्।

लघुवित्त र मिटरव्याज पीडितहरुले संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले लघुवित्तलाई राष्ट्र बैंकमार्फत नियमन गरिने भन्दै लघुवित्त पीडितको मागप्रति सरकार गम्भीर रहेको बताएका हुन्।

उनले लघुवित्तको दुरुपयोग गर्नेलाई कानूनी कारवाहीको दायरामा ल्याइने र ऋण लिएकाहरुले पनि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राखे। संसद भित्र र संसद बाहिर पनि लघुवित्त पीडितको माग प्रति ध्यानाकर्षण भएको भन्दै मन्त्री महतले त्यसको समाधान गर्ने विकल्पहरुमा सरकार गम्भीर रहेको बताए।

हिजोको दिनमा सहकारी लघुवित्तमा अथाह ऋण प्रवाह गरेको र कोभिडको अवस्था भएकाले ऋणीहरु समस्यामा परेको उनले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *