डडेल्धुराको रंगुन खोलामा बेहोस फेला परेका युवाको मृत्यु

डिसी नेपाल
१५ फागुन २०८० २१:१६
20
Shares

धनगढी। डडेल्धुराका एक युवकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

उनको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको प्रहरीले बताएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा बाटोमा मृत्यु भएको डडेल्धुरा प्रहरीले बताएको छ। उनी ट्याक्टर चालक हुन्। ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

सहचालकले खबर गरेपछि घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गर्दैछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *