मानव बेचबिखन अभियोगमा संलग्न भएको आरोपमा पक्राउ

डिसी नेपाल
१७ फागुन २०८० २०:४३
52
Shares

काठमाडौं। नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा संलग्न एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका–४ का ४७ वर्षीय मुर्तुजा मियाँ रहेका छन्। उनलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कुवेतमा घरेलु काममा लगाईदिने प्रलोभनमा पारी एक महिलालाई श्रीलंका पु¥याई बेचबिखन गरेको आरोपमा मियाँलाई पक्राउ गरेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए। मियाँले पीडित महिलालाई सुनौली हुँदै भारतको नयाँदिल्ली पु¥याइ त्यहाँका एजेन्टमार्फत श्रीलंका पठाएको अनुसन्धानका क्रममा खुलेको उनले बताए।

पीडित महिला श्रीलंका पुगेपछि त्यहाँ उनलाई ६८ दिनसम्म राहदानीलगायत कागजात जफत गरी बन्धक बनाएर राखेको खुलेको छ। उनलाई मानसिक यातना दिने तथा कुटपिट गर्ने गरेको पाइएको प्रवक्ता फुँयालले बताए। पक्राउ परेका मियाँलाई जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *