प्रियंका इङ्गेजमेन्टपछि पहिलो पल्ट मिडियामा, बिहे अर्को साल (भिडियो)

डिसी नेपाल
३० साउन २०७५ १३:५२

काठमाडौँ। आयुष्मान देशराज जोशीसंग दुई पटक इङ्गेजमेन्ट गरेकी नायिका प्रियंका कार्की इङ्गेजमेन्ट पछि पहिलो पल्ट मिडिया सामु देखा परेकी छिन्।

प्रियंका अमेरिका जानु भन्दा अगाडी दुवै परिवारका सदस्यहरु मात्रै सहभागी भएर उनीहरुको पहिलो पल्ट इन्गेजमेन्ट भएको थियो। यस्तै अमेरिकाबाट फर्केपछि प्रियंका र आयुषमानको केहि चलचित्रकर्मीहरु माँझ दोश्रो पल्ट इन्गेजमेन्ट भएको थियो।

नायिका प्रियंका कार्कीले यो साल इन्गेजमेन्ट भए पनि बिहे अर्को साल मात्र गर्ने बताएकी छिन्। प्रियंकाले बुधबार काठमाडौँमा मह जोडीले निर्माण गर्न लागेको ‘दाल भात तरकारी’ चलचित्रको घोषणा कार्यक्रममा सो कुरा बताएकी हुन्। प्रियंका ‘दाल भात तरकारी’ चलचित्रमा अभिनय गर्दैछिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *