सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक

डिसी नेपाल
१८ फागुन २०८० २२:४०
20
Shares

काठमाडौं। सरकार र मिटरब्याजपीडितबीचको वार्ता सकारात्मक दिशातर्फ अग्रसर भएको छ। आज साँझ भएको वार्ता सकारात्मक रहेको र भोलि पुनः छलफल गर्नेगरी टुंगिएको पीडित समूहका वार्ताटोली संयोजक अवधेश कुशवाहले बताए।

‘समस्याको समाधान गर्ने भनेर राज्य लागिरहेकाले समीक्षा गरेर अघि बढौँ, संरचना निर्माण गर्ने भए पनि निर्माण गरौँ भन्ने प्रस्ताव सरकारी टोलीबाट आएको छ,’ कुशवाहले भने। मिटरब्याजपीडित संघर्ष समितिका संयोजक नृग नविनले आजको चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले अबको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे।

संघर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृहमन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ। अधिकारसम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *