चितवनबाट हराएका निकेश हेटौंडा बसपार्कमा फेला परे
काठमाडौं। चितवनबाट हराएका बालक हेटौंडा बसपार्कमा भेटिएका छन्।
केही बेरअघि उनी मकवानपुरको हेटौंडा बसपार्कमा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
भरतपुर महानगरपालिका– १० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालक निकेश बराल विद्यालयबाट घर फर्किने क्रममा हिजोदेखि बेपत्ता भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment