कांग्रेसका मन्त्रीले राजीनामा नदिने, प्रचण्डले गठबन्धन तोडेको देउवाको ब्रिफिङ

डिसी नेपाल
२१ फागुन २०८० १२:५०
672
Shares

काठमाडौं। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने भएको छ। माओवादी-एमाले गठबन्धन बनेसँगै कांग्रेस प्रमुख प्रतिपक्षीमा बस्ने भएको हो।

अब आफूहरु प्रतिपक्षीको बेन्चमा बस्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत लेखकले अब कांग्रेस प्रतिपक्षीमा बस्ने जानकारी दिएका हुन्।

उक्त बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका लेखकले जानकारी गराए। ‘बैठकमा सभापतिजीले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाउनु भयो । अब हामी प्रतिपक्षमा रमाउछौँ,’ उनले भने।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने भएका छन्।

बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रमुख सचेकत रमेश लेखकले कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने बताएका हुन्।

सो बैठकमा सभापति देउवाले प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डले गठबन्धन तोडेको ब्रिफिङ गरेका छन्। सो बैठकपछि प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन तोडेकाले कांग्रेसका मन्त्रीले आफैँ राजीनामा नदिने बताएका हुन्।

कांग्रेसका मन्त्रीले राजीनामा नदिनेबारे जानकारी दिँदै उनले भने, ‘गठबन्धन प्रधानमन्त्रीले तोड्न, अनि हामीले किन राजीनामा दिने? जे जे गर्नुहुन्छ उहाँले नै गर्नुहुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *