त्रिशुली बस दुर्घटना अपडेट: चार जनाको मृत्यु, उद्धारकार्य जारी

डिसी नेपाल
२३ फागुन २०८० ८:२३
232
Shares

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चार जनाको ज्यान गएको छ। प्रहरीका अनुसार बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ।

धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस त्रिशुली नदीमा खसेको थियो।

सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार घाइतेलाई उपचारका लागि गजुरी अस्पताल पठाइएको छ। उद्धारका लागि विपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षकको कमान्डमा ६ जना गोताखोरसहित २० जनाको टोली खटिएको छ।

बिस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *