कांग्रेस संसदीय दलको बैठक बस्दै

डिसी नेपाल
२४ फागुन २०८० ८:४२
40
Shares

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । आज बिहान ८ : ३० बजेका लागि बैठक बोलाइएको हो। संसदीय दलको बैठकले नयाँ गठबन्धनमा अन्य साना दललाई रोक्न लगायतका थप रणनीति विषयमा छलफल हुने बताइएको छ।

सत्ता समीकरण बदलिएपछि कांग्रेस पनि सक्रिय भएको छ । एकीकृत समाजवादीलाई रोक्न नसके पनि केही साना दललाई नयाँ गठबन्धनमा जानबाट रोकेका देउवाले आज संसदीय दलको बैठक बोलाएका हुन् ।

देउवाको पहलमा जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी गठबन्धनमा सामेल भएका छैनन् भने नागरिक उन्मुक्तिले पनि निर्णय गरिसकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.