विदेश गएका ससुराको मन्त्री पद चैट, ज्वाइँ नयाँ मन्त्री बनेर सरकारमा
काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नवगठित मन्त्रिमण्डलमा ससुराले मन्त्री पद गुमाउँदा ज्वाइँले भने मन्त्रीमा पदबहाली गरेका छन्।
यस अघि कांग्रेससहितको गठबन्धनबाट प्रचण्ड सरकारमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री बनेका लोसपाका नेता शरतसिंह भण्डारी विदेश भ्रमणकै क्रममा मन्त्री पद गुमाएका छन्।
उनी दुबईमा आयोजित रोजगार मेलामा श्रममन्त्रीको हैसियतमा सहभागी हुन गएकै बेला गठबन्धन परिवर्तन भएपछि भूतपूर्व बनेर फकिएका हुन्।
यता उनका ज्वाइँ विराजभक्त श्रेष्ठ भने पुनर्गठित मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्रीमा विराजमान भएका छन्।
बुधबार शपथ लिएर पदबहाली गरेका नवनियुक्त खेलकुद मन्त्री श्रेष्ठ निवर्तमान श्रममन्त्री भण्डारीका छोरी ज्वाइँ हुन्। उनले निवर्तमान श्रममन्त्री भण्डारीकी छोरी श्रृष्टिसिंह भण्डारीसँग विवाह गरेका छन्।
तमलोपाका नेता रहेका भण्डारी महोत्तरी २ बाट निर्वाचित सांसद हुन् । मन्त्री श्रेष्ठ भने काठमाडौं ८ मा रास्वपाबाट निर्वाचित भएका हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment