मुलुकको समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यकः राजेन्द्र लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान समस्या समाधान गर्न नयाँ राष्ट्रिय सहमति आवश्यक भएको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले नयाँ समझदारीबाट मुलुकलाई अगाडि लैजान सबै पक्षलाई आह्वान गरे।
“मिटरव्याजी पीडित, लघुवित्त पीडित, दूग्ध उत्पादक किसानका समस्या समाधान गर्न सरकारले ठोस् कार्यक्रम ल्याउनुपर्छ”, अध्यक्ष लिङ्देनले भने, “प्रतिपक्षी दलले उठाएका प्रश्नको ठोस् जवाफ सरकारले दिनुपर्छ ।”
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment