साफ यू–१६: भारतसँग नेपाल पराजित, फाइनल पुग्न सकेन
काठमाडौं। भारत साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०–० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो।
नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ। भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २–२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १–१ गोल गरे । एक गोल आत्मघाती भयो।
लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ। प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment