हङकङ जाने खेलाडीको बिदाई
काठमाडौं। नेपाल क्रिकेट क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाई गरेको छ। बिहीबार काठमाडौंमा राखेप सदस्य सचिव टंकलाल घिसिङ लगायत क्यान पदाधिकारीहरुले नेपाली टोलीको बिदाई गरेका हुन् ।
हङकङमा नेपाल, हङकङ र पपुवा न्युगिनीबीच त्रिकोणात्मक टी–२० आई सिरिज हुनेछ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले उक्त खेलका लागि तयारी राम्रो भएको र युवा खेलाडीका लागि अवसर पनि भएको बताए। उनले हालै भएको खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै खेल प्रदर्शन गर्ने बताए ।
त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले पनि स्वदेशमा भएका खेलहरुका आधारमा कमी कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए ।
त्रिकोणात्मक सिरिजमा फागुन २७ मा नेपाल र हङकङबीच खेल हुनेछ भने नेपालले फागुन २९ गते पपुवा न्युगिनीसँग खेल्नेछ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment