अल रइदसँग अल नासर पराजित

डिसी नेपाल
२५ फागुन २०८० ७:०२
120
Shares

काठमाडौं। साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ। गएराति सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए। त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए।

यो अल नासरको लगातार दोस्रो हार हो। यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार बेहोरेको थियो।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडि रहेको छ। यद्यपि अल हिलल एक खेल कम खेलेको छ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *