मधेशीले मधेशवाददेखि स्वदेशवादसम्मको यात्रा तय गर्नुपर्छ : महतो

डिसी नेपाल
२७ फागुन २०८० ७:४७
104
Shares

जनकपुर। बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको निमित्त शनिबार जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा “बृहत् सम्वादात्मक कार्यक्रम” मधेश ब्युरोको आयोजनामा समपन्न भएको छ।

कार्यक्रममा राजेन्द्र महतोले अब मधेशीले मधेशवाददेखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताए। जनकपुर सदियौंदेखि शक्तिको केन्द्र भएकाे र रहिरहने उनकाे भनाइ थियाे।

३ करोड नेपाली जनता र विभिन्न राष्ट्रियताका नेपाली जनताले गर्व र सम्मान गर्ने खालको बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने अभियानमा आफू लागिपरेको उनले दाबी गरे।

त्यसैगरी कार्यक्रममा दर्शनशास्त्री तथा क्रान्तिकारी नेता बुद्ध छिरिङ मोक्तानले उदारवाद र मार्क्सवादले हाम्रो सभ्यता र संस्कृति मात्रै नभै जिवन र जगत दुवै संकटमा रहेको बताए। एकैसौं सताब्दीको वैश्विक राजनीति सभ्यताको र स्थानीय राजनीति जातिको हुने भएकोले यस्ताे राजनीतिक लाभ उठाउन चुक्न नहुने बताए।

कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले भने-मधेशीहरु सधैं एक्लै लड्यौं र शासकवर्गले आदिवासी जनजातिसँग एक हुन नदिने खालको भास्य निर्माण गरेर डिभाइड एन्ड रुलको पोलिसी अपनाएर हामीलाई कमजोर बनायो त्यसकारण यस देशमा रहेका सबै उत्पीडित जातजाति र समुदायहरु एक भएर संघर्ष गर्नुको विकल्प छैन।’

नेपाल एकल राष्ट्रिय राज्य नभै बहुलराष्ट्रिय राज्य भएकोले राष्ट्रिय मुक्ति क्रान्ति सवै नेपालीको निम्ति अपरिहार्य र अनिवार्य रहेको उनले बताए। कार्यक्रममा पुर्वमन्त्री तथा सम्विधानसभा सदस्य रामनरेश राय, राजिव झा, सि. एन थारु, सुमन सायमी, रविन्द्र श्रेष्ठ , कमला गुरुङ, आरके तामाङ, बुद्धिजिवि महारुद्र झा, डा. विनोद साह, पवन मण्डल, विभिन्न जिल्लाबाट आएका नेताहरु सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी , दिपेन्द्र चौधरी , कौशल सिंह, राम ज्ञान् मण्डल , दिपक यादव, रमन पाण्डे, विनोद साह, रामबाबु कलवार, नेजामुदिन समानिहरुले आफ्नो मन्तव्य राखेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.