जसपा सहितको मन्त्रिपरिषद् विस्तार: यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने!
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जसपा पनि सहभागि हुने भएको छ। जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएका छन् । यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री सम्हाल्ने छन् ।
जसपाका अर्का नेता नवलकिशोर साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । जसपाकै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री हुनेछन् । उनीहरुले आज शपथ ग्रहण गर्ने भनिए पनि समय निश्चित भइसकेको छैन ।
यसअघि नै नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादी सरकारमा सहभागी भइसकेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment