उपनिर्वाचनमा उम्मेदवार बन्न सुहाङको निवेदन
काठमाडौं। आगमी वैशाख १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य चयनका लागि हुने निर्वाचनको उम्मेदवारका लागि नेकपा (एमाले) मा सुहाङ नेम्वाङले दाबेदारी पेश गरेका छन्।
उनी स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छो छोरा हुन्। गत भदौ २६ गते सुवास नेम्वाङको निधनपछि उक्त क्षेत्र अहिले प्रतिनिधि सभा सदस्य विहीन छ।
एमालेले इलाम जिल्ला कमिटीले इलाम २ को उपनिर्वाचनका लागि उम्मेदवार चयनबारे अध्ययन गर्न उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम रहेको कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलमा सुहाङले निवेदन दिँदै आफ्नो दाबी प्रस्तुत गरेका हुन्। उनले आफू उपनिर्वाचनको प्रतिस्पर्धाका लागि तयार रहेको बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment