राष्ट्रियसभा अध्यक्षमा कांग्रेसका शर्मा र माओवादीका दाहाल भिड्दै
काठमाडौं। संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष चयनका लागि हुन लागेको चुनावको कार्यतालिका सार्वजनिक गरेको छ।
सचिवालयले आज सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि सोमवार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। त्यसलगत्तै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ।
राष्ट्रिय सभा अध्यक्ष चयनका लागि पर्सि मंगलवार चुनाव हुँदैछ। सत्तारूढ गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा नेकपा(माओवादी केन्द्र)लाई सघाउने सहमति बनेको छ।
सत्तारुढ नेकपा(माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार नारायण दाहाललाई बनाउने भएको छ ।आइतबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टीको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
नवगठित गठबन्धनको सहमति अनुरुप राष्ट्रियसभा अध्यक्ष पाएको माओवादीले उम्मेदवार बनाएका दाहाललाई एमाले, रास्वपा र जसपाको समर्थन रहेको छ।
यही २९ गते मंगलवार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीसहित एमाले लगायतको नवगठित गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोही अनुसार माओवादीले दाहाललाई उम्मेदवार बनाएको हो।
दाहाल प्रधानमन्त्री रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका नातामा भाई हुन्। माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेका उनी राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत भएका हुन्।
उनको प्रतिस्पर्धा कांग्रेसका युवराज शर्मासँग हुने भएको छ। आइतबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो।
काग्रेस बाँकेको पूर्वसभापति रहेका उनी विद्यार्थी राजनीीत हुँदै राजनीतिमा प्रवेश गरेका हुन्। ७३ वर्षीय शर्मा २०७८ साल माघमा राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका हुन्।







डिसी नेपाल








Facebook Comment