ग्लोबल टी–२०ः सोमपाल बिना खेलेको विन्निपेग हक्स पराजित

डिसी नेपाल
१७ साउन २०७६ ८:५२

एजेन्सी । क्यानाडामा जारी ग्लोबल टी–२० अन्तर्गत आफ्नो चौथो खेलमा विन्निपेग हक्स पराजित भएको छ । गएराती भएको खेलमा हक्स ब्रामपटन वुल्भ्ससँग ७ विकेटले पराजित भएको हो । हक्सले दिएको ११७ रन्को लक्ष्य पछाएको वोल्भ्सले १४.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

वोल्भ्सका लागि कप्तान कोलिन म्रुनोले ३१ बलमा ५३ रन बनाएका थिए भने बबर हायातले अविजित ३७ रन बनाएका थिए । त्यस्तै लेंडी साइमन्सले २२ रन बनाएका थिए । हक्सका बलर मोहमद इरफानले २ विकेट लिए भने वरुण सेहदेभले १ विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हक्सले १८.५ ओभरमा अल आउट हुदै मात्र ११६ रन बनाएको थियो । हक्सका लागि शैमान अनवरले सर्वाधिक ३१, कलीम सानाले २७ र सन्नी सोहेलले १६ रन बनाए । हक्सका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वोल्भ्सका बलर रोहन मुस्तफा, इश सोढ़ी, शाहिद अफ्रिदी र जाहुर खानले २–२ विकेट लिएका थिए । यस खेलमा पहिलो पटक अन्तर्राष्ट्रिय फ़्रेन्चाइजी टी–२० लिगमा छनौट भएका नेपाली तिब्र गतिका बलर सोमपाल कामी प्लेइङ इलेभेनमा परेनन् ।

प्रतियोगितामा हक्सको चौथो खेलमा यो दोस्रो हार हो भने वुल्भ्सको यो लगातार तेस्रो जित हो । वुल्भ्स ३ खेलमा ६ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ । यस्तै हक्स ४ खेलमा ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *