सहकारी पीडित र सरकारी टोलीबीच आज वार्ता हुँदै
काठमाडौं। सरकार र आन्दोलनरत सहकारी पीडितबीच मंगलबार वार्ता हुँदै छ। वार्ताको लागि सोमबार सरकारको तर्फबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन भएको हो।
सहकारी पीडीतहरु सँगको वार्ता टोलीमा सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरे सह-संयोजक रहेका छन् भने गृह मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सदस्य रहनेछन्।
वार्तामार्फत सहकारी क्षेत्रमा देखिएका समस्या, निक्षेपकर्ताको रकम फिर्ता लगायत यावत् समस्या समाधानका लागि पहल हुने जानकारी दिइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment