कांग्रेसद्वारा मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
धनुषा। नेपाली कांग्रेसले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन्।
पत्रमा भनिएको छ, “मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा १६८ अनुसार नेपाली कांग्रेस संसदीय दलको समर्थन रहेकोमा अब सो समर्थन फिर्ता लिइएको व्यहोरा जानकारीको लागि अनुरोध छ।”
केन्द्रमा समीकरण फेरिएसँगै गत सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसका तीन मन्त्रीलाई बर्खास्त गर्दै एमालेलाई सरकारमा सहभागी गराएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment