दिल्लीमाथि पञ्जाब किंग्सको शानदार जित

डिसी नेपाल
१० चैत २०८० १९:५७
172
Shares

काठमाडौं। पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ। आइपिएल अन्तर्गत पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गरेको हो।

दिल्लीले दिएको १७५ रनको लक्ष्य पछाएको पञ्जाबले १९.२ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो।

पञ्जाबको जितमा साम करनले सर्वाधिक ६३ रन बनाएका थिए। करनले ४७ बलमा ६३ रन बनाएका थिए। त्यसैगरी लियाम लिभिङस्टोनले अविजित ३८ रन बनाए भने प्रभिसिमरन सिंहले २६ तथा कप्तान शिखर धवनले २२ रन बनाएका थिए।

त्यसैगरी दिल्लीका बलर कुलदीप यादवले २ विकेट लिए भने खलिल अहमद र इशान्त शर्माले एक एक विकेट लिएका थिए।

यसअघि दिल्ली क्यापिटल्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७४ रन बनाएको थियो।

दिल्लीका लागि साइ होपले सर्वाधिक ३३ रन बनाए भने डेभिड वार्नरले २९ तथा मिचेल मार्शले २० रन बनाए। त्यस्तै अक्सर पटेलले २१ रन बनाए भने कप्तान ऋषव पन्तले १८ रन बनाए। त्यसैगरी अभिषेक पोरेलले १० बलमा ३२ रन बनाएका थिए।

त्यसैगरी पञ्जाबका बलर हर्षल पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए भने कागीसो रबाडा, हरप्रित ब्रार र राहुल चहरले एक एक विकेट लिए।

यो जितपछि नयाँ सिजनमा पञ्जाब किंग्सले महत्वपूर्ण ३ अंक हासिल गरेको छ भने दिल्लीले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *