विराट कोहली टी-२० मा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय बने
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरका स्टार ब्याट्सम्यान विराट कोहली टी–२० खेलमा १२ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् ।
आईपीएलको पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्धको खेलमा कोहलीले यो उपलब्धि हासिल गरेका हुन् ।
यससँगै कोहलीले क्रिस गेल, किरोन पोलार्ड र शोएब मलिक जस्ता खेलाडीलाई क्लबमा सामेल भए । क्रिस गेलले टी–२० मा सर्वाधिक १४५६२ रन बनाएका छन् ।
पाकिस्तानका शोएब मलिक १३,३६० रनको साथ दोस्रो स्थानमा छन् । वेस्ट इन्डिजका खेलाडी किरोन पोलार्डले १२ हजार ९ सय र इंग्ल्याण्डका एलेक्स हेल्सले १२ हजार ३१९ रन बनाएका छन् । डेभिड वार्नरले १२ हजार ६५ रन बनाएका छन् ।
ब्रेक लिएपछि विराट कोहली आईपीएलमा फर्किएका छन् । आईपीएलअघि उनले इङ्ल्यान्डविरुद्धको पाँच खेलको टेस्ट सिरिज खेलेका थिएनन्।







डिसी नेपाल







Facebook Comment