आयरल्याण्ड वुल्भ्समाथि नेपाल ६ विकेटले विजयी

डिसी नेपाल
१२ चैत २०८० १६:१७
112
Shares

काठमाडौं। नेपालले आयरल्याण्ड वुल्भ्सलाई पराजित गरेको छ। आयरल्याण्ड वुल्भ्सले दिएको १२२ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गर्‍यो।

नेपालको जितमा सन्दीप जोराले ३६ रन बनाएका थिए भने कुशल भुर्तेलले अविजित ३७ रन बनाए। त्यस्तै आसिफ सेखले १६ रन बनाएका थिए भने दिपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए। त्यसैगरी कप्तान रोहित पौडेल शून्यमा र गुलशन झाले ४ रन बनाए।

आयरल्याण्डका ग्यारेथ डेलानीले २ विकेट लिए भने बेन ह्वाइट र थोमस मायेसले एक एक विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वुल्भ्सले २० ओभरमा अल आउट हुदै १२१ रन बनाएको थियो। आयरल्याण्ड वुल्भ्सका लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाए भने थोमस मायेज र लियाम म्याकार्थीले १६–१६ रन बनाएका थिए।

नेपाली बलर ललित राजवंशी, गुलशन झा र कुशल भुर्तेलले २–२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिए।

यो जितपछि नेपालले आयरल्याण्ड वुल्भ्सविरुद्धको सिरिजमा १–० को अग्रता हासिल गरेको छ। दुई खेलको सिरिजको दोस्रो खेल मंगलबार हुने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *