आईपीएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

डिसी नेपाल
१२ चैत २०८० १७:५४
148
Shares

काठमाडौं। आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ।

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन्। यो भिडियो निकै भाइरल भइरहेको छ।

यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९औं ओभरमा गरिएको हो। त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेन लामो सट प्रहार गरिरहेका थिए। उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे।

मिड विकेटमा उनको छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ। सो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई ट्याग गरेका छन्। तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *