रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै गरिएकाे प्रदर्शनमा प्रहरी हस्तक्षेप

दिपा पौड्याल
१९ चैत २०८० १२:१०
32
Shares

काठमाडाैं। रुस-युक्रेन युद्धमा क्रममा मृत्यु तथा घाइते नेपाली युवाका परिवारहरुले सोमबार सिंहदरबार दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

युद्धमा घाइते नेपालीको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण बनाउनुपर्ने लगाएतका माग राख्दै उनीहरुले सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए।

उनीहरुले प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सो क्रममा प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको थियो। रुसी सेनामा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनुपर्ने, बन्दी बनाइएको रिहाइको पहल गर्दै उनीहरुले लगातार सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *