कैलालीमा गुडिरहेको ट्रकमा आगलागी

डिसी नेपाल
२१ चैत २०८० २०:०१
64
Shares

धनगढी। कैलालीमा एक ट्रकमा आगलागी भएको छ। उखु बोकेर कञ्चनपुरबाट बर्दियाको राजापुरतर्फ गइरहेको ना५ख ४२६९ नम्बरको ट्रकमा आज आगलागी भएको हो।

कैलारी गाउँपालिका–३ सुर्मीनालामा ट्रकमा विद्युत तार छोएर आगलागी भएको इलाका प्रहरी कार्यालय हसुलियाका इन्चार्ज लोकेन्द्र चन्दले जानकारी दिए।

ट्रकमा लागेको आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र सर्वसाधारणले मिलेर निभाएका छन्। आगो नियन्त्रणमा आएको चन्दले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.