सुनसरीको दुई स्थानमा निषेधाज्ञा
सुनसरी। सुनसरीको हरिनगरा र देवाञ्जगञ्ज गाउँपालिकामा धार्मिक हिंसा भड्किने देखिएपछि अनिश्चितकालिन निषेधाज्ञा जारी भएको छ।
शुक्रवार दिउसो १२ बजेदेखि लागू हुने गरी हरीनगरा गाउँपालिकाका सबै वडा र र देवाञ्जगञ्ज गाउँपालिकाको १ र ७ नं वडामा अनिश्चितकालिन निषेधाज्ञा जारी भएको हो।
सुरक्षा संवेदन शीलतालाई ध्यानमा राख्दै सम्भावित मानवीय र सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम विभिन्न भेला प्रदर्शन गर्न नगराउन सुनसरी जिल्लाका कार्यवाहक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलद्वारा हस्ताक्षर गरिएको सूचनामा उल्लेख गरिएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment