इनरुवासहित पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु जारी, हरिनगरमा सेना परिचालन

डिसी नेपाल
२४ चैत २०८० ७:०८
248
Shares

सुनसरी। झडप र प्रदर्शन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवासहित जिल्लाका पाँच पालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। त्यस्तै हरिनगरमा गएरातिदेखि नेपाली सेनासमेत परिचालन गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका, इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोसी गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको हो।

निमित्त प्रमुख जिल्ला अधिकारीमार्फत जारी गरेर कर्फ्यु आदेश जारी गरेका हुन्। कर्फ्युको समयमा पूर्व पश्चिम महेन्द्र राजमार्ग भएर आवतजावत गर्ने सवारी साधनलाई निगरानी गरेर चल्न दिने सूचनामा उल्लेख गरिएको छ।

सुनसरी दक्षिणवर्ती क्षेत्र हरिनगरको भुटाहामा दुई समूहबीचको झडपले उग्र रूप लिएपछि वरपरका स्थानीय तहमा पनि कर्फ्यु लगाइएको हो। घटनास्थलमा प्रहरीले ८० राउन्ड हवाई फायर गरेको र ४० सेल अश्रुग्याँस प्रहार गरेको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.