सुनको मूल्यले बनायो अर्को नयाँ रेकर्ड
काठमाडौं। नेपाली बजारमा सुनको भाउले आइतबार (चैत २५ गते) नयाँ रेकर्ड कायम गरेको छ। आइतबार सुनको भाउ प्रतितोला २९ सय रुपैयाँले बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल भाउ १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँ निर्धारण भएको छ।
यसअघि चैत २२ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थिायो। सो दिन छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३३ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो।
यसअघि शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ किनबेच भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ५० रुपैयाँ निर्धारण भएको थियो।
यता, आज चाँदीको भाउ पनि प्रतितोला ५५ रुपैयाँले बढेर १६ सय ७० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १६ सय १५ रुपैयाँमा स्थिर रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment