एनआरएनए कुवेतको नेतृत्वमा केसी
कुवेत। गैरआवासीय नेपाली संघ (एनआरएनए एनसिसि) कुवेतको नेतृत्वमा सुजन केसी चयन भएका छन् । शुक्रबार सम्पन्न संघको छैटौं राष्ट्रिय महाधिवेशनबाट केसी अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।
एनआरएनए कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा देवी पौडेलको सभापतित्वमा कुवेतसिटी स्थित इन एंड गो होटेलको सभाहलमा सम्पन्न छैटौं महाधिवेशनमा नेपाली राजदूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी प्रमुख अतिथि थिए ।
त्यसैगरी बिशिष्ट अतिथिमा संघका केन्द्रिय सविव डि बि क्षेत्री, मध्यपूर्व संयोजक आर के शर्मा थिए भने काउन्सिलिङ सदस्य राजु सैयद विशेष अतिथि रहेका थिए ।
नवनिर्वा्चित कार्यसमितिको अन्य पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष हरि लावती महिला उपाध्यक्ष अमृता बान्तवा, उपाध्यक्ष होम नाथ गिरी र राणा ध्वज लामा, महासचिव मान बहादुर तामाङ (दिल कुमार पाख्रिन) सचिव जिबन कुमार बिक र माधव शाही, कोषाध्यक्ष हर्क बहादुर मोक्तान र सहकोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठ छन् ।

त्यसैगरी युवा संयोजक नबराज पराजुली, महिला संयोजक रमिता योञ्जन महिला सहसंयोजक माया राई रहेका छन्।
महाधिवेशनले आइसीसी सदस्यमा अमित राईलाई चयन गरेको छ ।
त्यस्तै निर्वाचित सदस्यहरुमा बम बहादुर बिष्ट, दामोदर बटाला, देबी बहादुर सुनुवार, प्रकाश राई, माधव पौडेल, गीता गुरुङ, प्रदिप कार्की, मनोज ढकाल, दल बहादुर बस्नेत, सोनाम लामा, जिबन सुनार अनुशा राई,ध्रुब कुमार कार्की, प्रेम प्रसाद गुरुङ, मोहन कुमार पौड्याल, गोविन्द न्यौपाने र उमेश पुडासैनी छन् ।
महाधिवेशन संरक्षक राजेन्द्र तामाङको स्वागत मन्तव्य तथा हरि लावातीको सञ्चालनमा सम्पन्न भएको थियो ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment