सन्दीप पहिलो ओभरमै महंगो

डिसी नेपाल
१८ साउन २०७६ २२:४५

काठमाडौं। क्यानडामा जारी ग्लोवल टि ट्वान्टी प्रतियोगितामा शनिबार नेपाली खेलाडी सन्दीप लामिछानेले पहिलो खेल खेल्ने मौका पाएका छन् । ग्लोवल टि ट्वान्टीको पहिलो सिजनमा पनि खेलेका सन्दीपले जारी सिजनमा शनिबार पहिलो पटक खेल्ने मौका पाएका हुन्।

सन्दीप आवद्ध टोरेन्टो नेशन्स र ब्राम्पटन वल्भबीच अहिले ब्राम्पटनमा खेल भइरहेको छ ।

शाहिद अफ्रिदीको कप्तानीमा रहेको ब्राम्पटनले पहिला ब्याटिंग गरिरहेको छ । जारी सिजनमा पहिलो पटक मौका पाएका सन्दीपले पहिला ओभरमै रन लुटाएका छन्। टिमका लागि पाँचौ ओभरमा बलिंग गर्न आएका सन्दीपले पहिलो बलमै चौकाबाट स्वागत पाए।

दोस्रो बल डट फालेका सन्दीपले त्यसपछिका दुई बलमा लगातार चौका र अन्तिम दुई बलमा लगातार २ छक्का खाएका छन् ।

सन्दीपले एक ओभरमा २४ रन दिएपछि ब्राम्पटनले ५ ओभरमा ६० रन जोडेको छ । सन्दीपलाई स्कटल्याण्डका ओपनर ब्याट्सम्यान जर्ज मुन्सीले पिटेका हुन्। टोरेन्टोको कप्तान भारतीय खेलाडी युवराज सिंह छन्। जारी सिरजनमा टोरेन्टोले आफुले खेलेका ३ मध्ये एक खेलमा जित हात पारेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *