पहिलो टि ट्वान्टीमा भारतको संघर्षपूर्ण जित
काठमाडौं (एजेन्सी) । भारत र वेष्टइण्डिजबीच शनिबार भएको पहिलो टि ट्वान्टी क्रिकेट खेल भारले जितेको छ । ९६ रनको लक्ष्य पाएको भारतले ४ विकेटको संघर्षपूर्ण जित निकालेको हो। उसले १६ बल बाँकी रहँदै खेल जित्यो।
सामान्य लक्ष्य पाएको भारतले सजिलै सो खेल जित्ने अनुमान गरिए पनि लगातार विकेट गुमाएपछि भारत दबाबमा परेको थियो। भारतका लागि रोहित शर्माले सबैभन्दा धेरै २४ रन बनाए भने कप्तान विराट कोहलीले १९ रन बनाए। वाशिंगटन सुन्दरले छक्का प्रहार गर्दै टिमलाई जित दिलाएका थिए । ऋषभ पन्त शून्यमा आउट भए ।
वेष्टइण्डिजका लागि केमो पौउल, शेल्डेन कोल्ट्रेल र सुनील नारेनले २–२ विकेट लिए। यसअघि किरोन पोलार्डले ४९ रन बनाएपछि वेष्टइण्डिजले सम्मानजनक स्कोर बनाएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment