नागरिक ठगिएको विषयमा आवाज उठाउँदा सदन बन्द गरियोः रामहरि खतिवडा

डिसी नेपाल
२ वैशाख २०८१ १७:२८
416
Shares

काठमाडौं। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लाखौं नागरिक ठगिएको बिषयमा कांग्रेसले आवाज उठाउदा सदन बन्द गर्ने काम भएको बताएका छन्।

आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौं नागरिकलाई ठगी गर्दै अरवौ रुपैयाँ हिनामिना भएको बिषयमा कांग्रेसले सदनबाट आवाज उठाउदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन्।

सत्तापक्षका नेताहरु बार्दलीमा बसेर निर्णय सुनाउने र तल जनताहरुलाई राख्ने पद्धतीको बिकास यो संसदमा हुन नसक्ने उहाले बताउनुभयो । उहाले राणाशासन जस्तो वार्दलीबाट न्याय दिने पद्धतीको अन्त्य गर्नुपर्ने पनि बताए।

त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सदनमा प्रतिपक्षीले विरोध गर्न पाउने भएपनि संसद रोक्न नमिल्ने तर्क गरे। उनले अध्यादेशको बाटोबाट नभइ सकेसम्म सदनबाटै बाँकी रहेका कानूनहरुलाई अघि बढाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनमा बिजनेश हुँदा पनि साना बिषय उठाएर सदन अवरुद्ध गर्नु दुखद भएको बताए।

उनले संसदको महत्वपूर्ण कार्यभारलाई नै रोकेर संसद अवरोध गर्ने कांग्रेसको कदम कानून निर्माणको चूनौतिको बिषय बन्न पुगेको धारणा राखे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.